टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने

काठमाडौँ, १४ बैशाख । बिहीबार राति १२ बजे पछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ ।

टेलिकमको मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल टेलिकमले बुधबार एक सूचना जारी गरी जिएएसएम सेवा अवरुद्ध हुने जानकारी दिएको छ । लामो समयसम्म कुनै ग्राहक वर्गको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन–आफ गर्न समेत टेलिकमले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

बुधबार राति १२ बजे पछि पनि जिएसएम सेवा अवरुद्ध हुने भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति