विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

पाँचथर, १४ बैशाख । कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ ।

चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्रवेश परीक्षा लिएको छ । विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरका अनुसार विद्यालयमै अध्ययनरत २ हजार १ सय ३३ जना विद्यार्थी छन् । नयाँ विद्यार्थी भर्ना गराउने अवस्था छैन । तर, विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि अन्य विद्यालयबाट आएका १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको प्रधानाध्यापक ठाकुरले बताए ।

‘१ सय ४३ जनाको कोटामा ३ सय ५ विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि प्रवेश परीक्षा लिन बाध्य भयौं,’ प्रधानाध्यापक ठाकुरले भने । कक्षा १ भन्दा मुनि दुईवटा कक्षा (एलकेजी र यूकेजी) रहेको विद्यालयमा केजीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ । करिब डेढ दशक अघिदेखि कक्षा ११ र १२ मा विज्ञान संकायसमेत पठनपाठन हुँदै आएको विद्यालयमा २०७६ सालदेखि कक्षा ९–१२ का लागि इन्जिनियरिङ विषय पनि सञ्चालन हुँदै आएको छ ।

२००६ सालमा प्रसादसिं स्कुलको नाममा स्थापना भएको यो विद्यालय फिदिम माध्यमिक विद्यालयको नामले परिचित छ । कोसी प्रदेशको सर्वोकृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भइसकेको यो विद्यालय जिल्लाकै अब्बल शैक्षिक संस्थाको रूपमा चिनिन्छ । सुविधा सम्पन्न भौतिक संरचना, पुस्तकालय, गुणस्तरीय र परिणाममुखी शैक्षिक वातावरणका कारण यस विद्यालयमा विद्यार्थीको अत्यधिक चाप हुने गरेको स्थानीयको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ । File Photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ भदौ । नाइजरको राजधानी नियामेस्थित एक सैन्य अखडामा शनिबार सेनाको एक समूहले आफ्नै वरिष्ठ अधिकारीहरूविरुद्ध विद्रोह गर्दै गोलीबारी र शृङ्खलाबद्ध

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।