विद्यालयभित्रै बालिकालाई कुटपिट गरेको आरोपमा १३ जना पक्राउ

मोरङ, १३ बैशाख । जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ मा एक बालिकालाई कुटपिट गरेको आरोपमा १३ बालिका पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई विद्यालयभित्र नै कुटपिट गर्ने १३ बालिकालाई पक्राउ गरेको हो । 

बैशाख ६ गते उनीहरूले संगठित रुपमा बालिकालाई कुटपिट गरेको र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पक्राउ परेका बालिकाहरूलाई सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको