ऐतिहासिक नेतृत्वको लागि ‘धन्यवाद किरण पौडेल’

‘आवाज विहिनहरुको आवाज’को संगठनको रुपमा आम जनताको प्रिय संगठन हो राष्ट्रिय युवा संघ नेपाल । वर्तमान नेकपा एमालेका अध्यक्ष केपी ओली संस्थापक अध्यक्ष रहनुभएको संगठनले हालसम्म विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यहरु गर्दै आएको छ । संघले आफ्नो स्थापना कालदेखी नै नविनता, सिर्जनशीलता, गतिशीलताको साथमा युवाहरुमा सैद्धान्तिक, व्यवहारिक र लगनशिलतामा जोड दिँदै आएको छ । युवाले सीप, क्षमता, दक्षता अभिवृद्धि गर्नुपर्छ भन्ने नेतृत्वका एक हस्तीको रुपमा संघका निवर्तमान अध्यक्ष किरण पौडेललाई लिन सकिन्छ । केपी ओली पछि महेश बस्नेतको समयमा जनप्रीय संगठनको रुपमा चलायमान भए पनि संघका अन्य नेतृत्वकालमा खासै सक्रियता देखिएको थिएन । निश्क्रियता र केन्द्रीकृत रुपमा रहेको संगठनलाई जब किरण पौडेलले नेतृत्व गर्नुभयो, त्यस पछि संगठनले नयाँ रुप लियो, देशभर एकै पटक जुर्मुराएर उठ्यो ।

निवर्तमान अध्यक्ष किरण पौडेलको नेतृत्वमा संघ ‘सडक बाघ’मात्र हैन, विकास निर्माण र समृद्धिको महत्वपूर्ण सम्बाहकको रुपमा स्थापित भयो । तपाईकै ऐतिहासिक नेतृत्वकालमा सरकारको राम्रा कामलाई जनताको माँझमा लैजाने कार्य भयो भने सरकारको नकारात्मक कार्यलाई भण्डाफोर गरी जनतालाई आन्दोलनमा एकढिक्का बनाई नेतृत्व गर्नुभयो । ‘राजनीति व्यवसाय हैन, सेवा हो’ भन्ने कुरालाई यथार्थमा रुपान्तरण भयो । त्यसमा आम जनता गोलवन्द्ध हुन अभिप्रेरित भयो । राजनीतिलाई फोहोरी खेल हो भन्ने जनतामा रहेको भ्रमलाई अन्त्य गराउँदै युवाको सुन्दर भविष्य बनाउन र अभिभावकले आफ्नो छोराछोरीलाई राष्ट्रिय युवा संघमा नै आवद्ध हुन सुझाव दिने वातावरण बनाउनु भयो । ‘जहाँ युवा, त्यही राष्ट्रिय युवा संघ नेपाल’को अभियान चलाउँदै कसैलाई काखा र कसैलाई पाखा नगरी संगठनमा दिएको योगदान, क्षमता र योग्यताको कदर गर्दै नेताको पछि हैन, पार्टीको नीति तथा सिद्धान्तको पछि लाग्ने कार्यकर्तालाई समेट्दै संघको १० वर्षदेखी हुन नसकेको ऐतिहासिक ९औं महाधिवेशन गरी नयाँ नेतृत्वलाई आफ्नो सफल कार्यकाल र संगठनको नयाँ आधार तयार गरि जिम्मेवारी हस्तान्तरण गर्नुभयो । त्यसैले तपाई सम्पूर्ण युवाहरुको धन्यवादको पात्रमात्र हैन, युवाको मार्गनिर्देशक समेत बन्न सफल हुनुभयो किरण पौडेल ।

किरण पौडेलको नेतृत्वमा संघले सडक, सरकारदेखी सदनसम्म आम नेपाली युवाहरुको माग, आवश्यकता र चाहनालाई सम्बोधन गराउन तथा मुलुक परिवर्तनको मेरुदण्डको रुपमा युवा संघलाई आम नेपाली जनताले लिने गरेका छन् । ‘रहर लाग्दो, भर लाग्दो तथा बैरीको लागि डर लाग्दो’ संगठनको पहिचान बनाएको राष्ट्रिय युवा संघ नेपालको ऐतिहासिक ९औं महाधिवेशन सफलता पूर्वक सम्पन्न भयो । नकारात्मक कार्यको भण्डाफोर गरी सकारात्मक सोचको विकास गर्न ‘सडक बाघ’को रुपमा समेत आफ्नो छवि स्थापित गरेको विगतको इतिहास हाम्रो लागि साक्षी छ । किरण पौडेलको नेतृत्वमा विकास र समृद्धिको साथमा मुलुकमा हुने बेथिती, भ्रष्टाचार, महंगी नियन्त्रण, विभिन्न प्रकारका हिंसालगायतका कार्यहरुको विरुद्धमा आवाज बुलन्द गर्ने जनप्रीय बन्यो राष्ट्रिय संगठन युवा संघ नेपाल हो ।

शान्तिपूर्ण तरिकाले सरकारका गलत गतिविधिलाई खवरदारी गरी मुलुक परिर्वतनको लागि रचनात्मक, प्रभावकारी तथा जनमुखी भूमिका संघले निरन्तर खेल्दै आइरहेको छ । गतिशिलता, शिर्जनशिलता र नविनताको सोचका साथ अगाडी बढेको संघले ‘जहाँ समस्या, त्यहाँ राष्ट्रिय युवा संघ नेपाल’ सहित जनताको दुःख सुखको सारथी बनेको छ । भुकम्प, बाढीपहिरो, प्राकृतिक विपत्ती, हावाहुरीबाट जनधनको क्षतीका कारण मानिसहरु घरवार विहिन हुँदा घर निर्माण गरी सुक्षित बासस्थानको भूमिका निर्वाह गर्ने संगठन नै राष्ट्रि युवा संघ नेपाल हो । ‘कानुनलाई हातमा लिएर हैन, साथमा लिएर’ अराजक तथा अपराधिक सोचका मानिसलाई तह लगाउने महत्वपूर्ण भूमिका संघले गरिरहेको छ । जसले गर्दा पार्टी तथा पार्टीका नेता तथा कार्यकर्तालाई मात्र नभई आम नेपाली जनतालाई प्रविधिको दुरुपयोग गरी अपराधिक मानसिकताबाट टाढा राख्न धेरै हदसम्म सफल भएको छ ।

किरण पौडेलेको नेतृत्वमा युवाहरुमा थपिएको राजनीतिक उत्साह र आवश्यकता

राजनीति भनेको ‘राज्य, सरकार र जनताबीचको अध्ययन गर्ने शास्त्र हो ।’ जसले एउटा विज्ञानको रुपमा काम गर्छ, आन्दोलन र उपलब्धीको रक्षा गर्छ, समाज परिवर्तन र रुपान्तरणको नेतृत्व गर्छ । राजनीति जनताको प्रत्यक्ष सरोकारलाई राज्य र सरकारसँग पुल बनेर अगाडी बढ्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा डटेर सामना गर्छ । समाजवाद उन्मुख नेपाललाई कम्युनिष्ट पार्टीको दृष्टिकोण अनुसारको नागरिकले अनुभुत गर्न सक्ने समाजवादको स्थापना अबको कार्यदिशा हो । पुँजीवादको अन्त्य गर्दै सामन्तवादको अवशेषलाई समाप्त पारी नेपाललाई विश्व सामु अनुसन्धानको केन्द्र बनाउनु सकिन्छ । उक्त कुरा बौद्धिक, शिक्षित तथा दक्ष युवाको काँधमा छ । त्यो नै युवाको अबको मुख्य राजनीतिक केन्द्र बन्नुपर्छ, सम्भावनाको खोज र अनुसन्धान गर्नुपर्छ । नेकपा एमालेले लिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियानलाई लक्षित विन्दुमा पुर्याउन आगामी दिनमा एमालेमा मात्र हैन, सम्पूर्ण पार्टी तथा जनवर्गीय संगठनहरुमा युवाले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने छ ।

उत्पादन र रोजगार नै अबको समाजवादी यात्रा हो । युवाले आफ्नो योग्यता, क्षमता र दक्षतालाई मुलुक बनाउने मिसन र भिजनमा दृढताका साथ रुपान्तरण गर्नुपर्छ । नविनतम् प्रविधिको प्रयोग गर्दै युवाहरुलाई पर्यटन, उत्पादन, रोजगार, शिक्षा, स्वास्थ्य, उद्योग, कलकारखाना तथा भौतिक विकासमा जोड्नुपर्छ । नेपालमा आर्थिक क्रान्ति लागि युवाहरुको सहभागिता र नेतृत्व अपरिहार्य रहेको छ । युवा नेपालको राजनीतिक परिर्वनको सम्बाहक त हुन नै । त्यती मात्र हैन, युवालाई मुलुकको आर्थिक समृद्धिमा जोड्नुपर्छ ।

राजनीतिका सैद्धान्तिक रुपहरुको आधारभुत कुराहरु नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्छ, हुनुपर्छ । जसले गर्दा नयाँ पुस्ताका युवाहरुले राज्य सञ्चालन र समृद्धिको नयाँ आधार बनाउन सकुन, भिजन र दृष्टिकोण दिर्घकालसम्म प्रभाव पार्ने र जनप्रीय बन्न सफल हुन् । राष्ट्रिय युवा संघ नेपालमा आबद्ध भएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले सैद्धान्तिक रुपमा माक्र्सवाद, लेनीनवाद, समाजवाद, साम्यवाद, पुँजीवाद, साम्राज्यवाद, माओवाद, आदर्शवाद, जनताको बहुदलीय जनवाद, जनवादी केन्द्रीयता, आर्थिक क्रान्ति, संघीय लोकतान्त्रीक व्यवस्था, धर्मनिरपेक्षता, शक्ति पृथकीकरणलगायतका कम्युनिष्ट कार्यकर्ताले बुझ्नै पर्ने न्युनतम् सिद्धान्तहरुको बारेमा जानकार हुनैपर्छ । संघका नेता तथा कार्यकर्ताले त्यसमा पनि नेपालमा विभिन्न कम्युनिष्ट पार्टीहरु छरपस्ट अवस्थामा रहेकाले एमाले र ति छरपस्ट अवस्थामा रहेको पार्टीहरु बिचको फरक सैद्धान्तिक रुपमा छुट्याउन सक्नुपर्छ, जनतालाई बुझाउन सक्नुपर्छ । नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालमा नै किन लाग्नुपर्ने ? भन्ने प्रश्नको सैद्धान्तिक र विगतको इतिहाससहित व्यवहारिक रुपमा जवाफ दिन सक्नुपर्छ ।

एमालेको माक्र्सवाद, लेनिनवाद तथा जबज नै मुल सिद्धान्त हो । माक्र्सवादकै आधारमा रुपान्तरित एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद हो । संविधानको सर्वोच्चता, बहुदलीय खुल्ला समाज, शक्ति पृथकिकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको पार्टी प्रतिपक्षी, कानुनी राज्य, बैदेशीक पुँजी र प्रविधिको उपयोग, क्षतीपूर्तिको नीति, बैदेशीक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढिकरण नै जनताको बहुदलीय जनवादको मुख्य विशेषताहरु हुन् । जबजको रक्षाको लागि मेरुदण्डको रुपमा एमाले र एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल हो । उक्त कार्यहरुमा निवर्तमान अध्यक्ष किरण पौडेलले संगठनलाई देखाउनुभएको जुझारु बाटोलाई आत्मसात् गर्दै त्यो भन्दा अझ बढी युवामुखी गतिविधिहरुलाई देश तथा विदेशसम्म लैजानु वर्तमान नेतृत्वको महत्वपूर्ण जिम्मेवारी आएको छ ।

विशाल सुवेदी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६