९६ जना शिक्षकलाई तालिम

काठमाडौँ, १२ बैशाख । समावेशी शिक्षाको अवधारणा कार्यान्वयनका लागि चार प्रदेशका ३९ वटा विद्यालयका प्राथमिक तहका विद्यार्थीलाई अध्यापन गराउने ९६ जना शिक्षकलाई तालिम प्रदान गरिएको छ । 

नेपाल अपाङ्ग महिला सङ्घले विश्व शिक्षालगायत अपाङ्गताको क्षेत्रमा काम गरिरहेका सङ्घ संस्थाको सहकार्यमा मधेस प्रदेश,कर्णाली प्रदेश, गण्डकी र वागमती प्रदेशका १७ स्थानीय तहका विद्यालयका शिक्षकलाई सो तालिम प्रदान गरेको हो । 

सङ्घद्वारा सोमवार राजधानीमा आयोजित प्रदेश स्तरीय समिक्षा एवं अनुभव आदान–प्रदान कार्यक्रममा  प्रतिनिधी सभा सदस्य प्रतिमा गौतमले समावेशी शिक्षा नीतिको पूर्ण कार्यान्वयनको लागि भौतिक पहुँच बढाउनुका साथै समाजले अपाङ्गता भएका व्यक्तिप्रति गरिने व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नीतिगत सुधारका साथै भएका ऐन, कानुन एवं परिवार र समाजको अपाङ्गतालाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने र अपाङ्गतालाई नलुकाई सहि तथ्याङ्क अभिलेखीकरण गरी आवश्यक व्यवस्थापन गर्न सके अपाङ्गता नै समस्या होइन, भन्नुभयो  ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. दिव्या दवाडीले सिकाईको विश्वव्यापी ढाँचासहितको भौतिक पूर्वाधार निर्माण गर्दै सबै बालबालिकाले एउटै विद्यालयमा आ–आफ्नो क्षमता अनुसारको शिक्षा प्रदान गर्न यस लर्निङ परियोजनाले थालेको अभियान निक्कै सह्रानीय रहेको बताउनुभयो । 

नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष टिका दाहालले अपाङ्गता भएका बालबालिकालाई छुट्टै स्थानमा नपढाई अन्य बालबालिकासँगै राखेर पढाउने पद्धती समावेशी शिक्षा नीतिमा मात्र सिमित छ, व्यवहारमै लागु होस् भन्ने लक्ष्यले लर्निङ परियोजना अन्तरगत नमुनाको रूपमा तालिमको व्यवस्था गरिएको बताउनुभयो ।  

 सङ्घका उपाध्यक्ष मिना पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सो विद्यालयहरूमा अध्यापन गराउने शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावकलाई अभिमुखिकरण तालिम र विद्यालयलाई प्रविधिमैत्री बनाउन १४ विद्यालयमा इन्टरनेट, प्रोजेक्टर र ल्यापटपलगायत अन्य २१ प्रकारका सामग्री समेत प्रदान गरिएको बताउनुभयो ।

उहाँले  तालिम, आवश्यक साधन स्रोतको व्यवस्थापनपछि ति विद्यालयको सिकाईको स्थितिमा सुधार देखिएको बताउनुभयो । सो अवसरमा विविध प्रकारका अपाङ्गता भएका र अन्य बालबालिकाले विभिन्न एप डाउनलोड गरी इन्टरनेटको सहायताले पढ्न, सिक्न सक्ने एपको जानकारीसहित सिकाई पद्धतीबारे लेखिएको पुस्तक “टुलकिट”को लोकार्पण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार