देशभरका सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाऔँ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, ११ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशभरका सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने गरी अब्बल बनाउन सके विद्यार्थीको कमी नहुने बताएका छन् । आज भक्तपुर नगरपालिका–३ तापालाछीस्थित मेधा माध्यमिक विद्यालयको परम्परागत शैलीमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले मेधा मावि यसको एउटा ज्वलन्त उदाहरण भएको बताए । उनले मेधा मावि भक्तपुरको उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको चर्चा गर्दै भक्तपुरका धेरै सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरेकाले यहाँका उत्कृष्ट सामुदायिक विद्यालयमा थेग्नै नसक्ने गरी विद्यार्थीको चाप बढेको बताए ।

यहाँका विद्यालयबाट देशभरका सामुदायिक विद्यालयले पाठ सिक्दै नमुनाको सामुदायिक विद्यालयका रुपमा विकास गर्दै लैजान सके देशभरका जनताले सुलभ रुपमा गुणस्तरीय शिक्षा पाउने उनको भनाइ थियो । कार्यक्रममा उनले पूर्व शिक्षक, कर्मचारी, विद्यालय निर्माणका लागि सहयोग पु¥याउने दाता एवं सहयोगीहरुलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा आरपी फाउण्डेसनका प्रमुख रविन्द्र पुरी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ सीएलपीयूआईका निर्देशक डिल्लीराम लुइँटेल, शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका प्रमुख रमेशप्रसाद मैनाली, सुलर हिल्फे फ्यूर नेपालका प्रमुख मिस्टर जोर्ग भारलगायतले विद्यालयले शैक्षिक गुणस्तरीयतासँगै परम्परागत एवं कलात्न्मक शैलीमा सुविधा सम्पन्न नयाँ भवनले विद्यार्थीहरुमा उत्साह थप्ने चर्चा गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम हाडाले विद्यालयबारे जानकारी दिँदै २००४ साल फागुनमा स्थापना भएको यस विद्यालय २०७६ सालमा प्रदेश नं ३ र नेपालकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पुरस्कार प्राप्त गरेको बताए । उनले २०६० सालदेखि प्रधानाध्यापकको रुपमा जम्मेवारी सम्हाल्दै हालै हृदयाघातबाट मृत्युवरण हुनु भएका गङ्गाधर हाडाको स्मृतिमा भवनको नामकरण गरिएको बताए । आठ आना २ पैसा क्षेत्रफलमा कलात्मक शैलीमा निर्माण भएको उक्त भवनमा सात वटा कक्षा कोठा, एक कम्प्युटर ल्याब र एक भान्छा कोठा रहेको भन्दै उनले उक्त भवनमा कक्षा पीजीदेखि कक्षा तीनसम्मका दुई सय ६० बालबालिका अध्ययन गरेको बताए ।

विद्यालय भवन निर्माणका लागि शिक्षा जिल्ला आयोजना कार्यान्वयन एकाइबाट रु एक करोड नौ लाख, सुलर हिल्फे फ्युर नेपाल (जर्मनी) र आरपी फाउण्डेसनबाट रु ५० लाख, रोटरी डिस्ट्रिक्ट ३२९२ एआरआर कार्यक्रम तथा रोटरी क्लब अफ भक्तपुरबाट रु २८ लाख, भक्तपुर नगरपालिकाबाट रु २५ लाखको सहयोग प्राप्त भएको र विद्यालयले रु ११ लाख ७८ हजार ६ सय ३४ थप गरी कूल रु दुई करोड २३ लाख ७८ हजार छ सय ३४ को लागतमा निर्माण सम्पन्न भएको बताए । कक्षा १ देखि १० सम्म अध्ययन हुने उक्त विद्यालयमा हाल चार २३ छात्रा र तीन सय ९७ छात्रगरी कूल आठ सय २० विद्यार्थी अध्ययनरत् छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको