छात्रवृत्ति उपलब्ध गराउन महानगरको निर्देशन

काठमाडौँ, १० बैशाख । काठमाडौँ महानगरपालिकाले गरिब, जेहेनदार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आफ्नो क्षेत्रभित्रका निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र साहले सार्वजनिक अपिल गर्दै नियमअनुसार छात्रवृत्ति दिन नमान्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ । साथै यस विषयमा आनाकानी गर्ने विद्यालयबारे महानगरपालिकाको कल सेन्टर ११८० मार्फत आफूहरूलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शतप्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्ने व्यवस्था छ ।

साथै त्यस्ता विद्यालयले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था पनि उक्त नियमावलीमा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको