काठमाडौँ महानगरले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ, ९ बैशाख । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यो कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीले शुक्रवार किताब बोकेर विद्यालय जानुपर्ने छैन तर उनीहरु नियमित समयमै विद्यालय जानेछन् । उनीहरुलाई अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान दिइनेछ ।

हरेक सामुदायिक विद्यालयले यो कार्यक्रम लागू गर्ने महानगरको भनाइ छ । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गर्ने योजना छ । अहिले विद्यार्थी भर्ना अभियान चलिरहेको छ । काठमाडौँ महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका लागि महानगरले हरेक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि विद्यालयले हरेक शुक्रवार एक बजेपछि अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन गर्ने र सबै शुक्रवार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो ।

अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दैै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ । साथै खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका कलासहित अन्य व्यावहारिक ज्ञानका विषय समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट