प्रयोगकर्तालाई ९५ अर्ब बाँड्दै फेसबुक

एजेन्सी, ६ बैशाख । प्रयोगकर्ताको डाटा गोपनीयता सम्बन्धी मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर तिर्न तयार भएको छ । सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ भित्र फेसबुक अकाउन्ट बनाएका प्रयोगकर्ताले यो रकमको हिस्सा पाउन सक्ने भएका छन् ।

यो मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर (करिब करिब ९५ अर्ब नेपाली रुपैयाँ) आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो ।

के हो मुद्दा ?
सन् २०१८ मा फेसबुकले बेलायती राजनीतिक परामर्श फर्म क्याम्ब्रिज एनालाइटिकासँग दशौं लाख प्रयोगकर्ताको विवरण सेयर गरेको कुरा बाहिरिएको थियो । प्रयोगकर्ताको डाटा र प्रयोगकर्ताको साथीको डाटामा अनुमति बिना नै तेस्रो पक्षको पहुँच गराएको यो गल्ती फेसबुकको अभिभावक कम्पनी मेटाले स्वीकारिसकेको छ ।

यो डाटा ब्रिच अथवा गोपनीयता हनन्को हिस्सा भएको र मुद्दासँग सम्बन्धित ठान्ने प्रयोगकर्ताहरूले पैसा पाउनका लागि नाम, ठेगाना र ईमेलसहित आवेदन दिन सक्नेछन् । अनलाइन आवेदन अथवा फर्ममा यो समयावधि भित्र कुनै बेला अमेरिकामा बसेको हुनुपर्नेछ । यसका साथै फेसबुक युजरनेम र अकाउन्टमा लिंक भएको फोन नम्बर पनि उल्लेख गर्नुपर्नेछ ।

फेसबुकले दिने पैसा मास्टरकार्ड, पेपाल र भिन्मोलगायतमा वा सोझै बैंक अकाउन्टमा प्राप्त गर्न सकिनेछ ।
फर्म भर्नका लागि तलकाे लिंकमा क्लिक गर्न सकिन्छ । 
https://facebookuserprivacysettlement.com/#submit-claim
यो अवधिमा फेसबकु चलाएर डिलिट गरिसकेकाहरूले फर्मभन्दा फेसबुक अकाउन्ट खालेको र डिलिट गरेको मिति उल्लेख गर्नुपर्नेछ ।

कहिले आउँछ पैसा ?
यो सम्झौताको अन्तिम अनुमोदन २०२३ को सेप्टेम्बर ७ मा तोकिएको छ । त्यसपछि पैसा उपलब्ध हुनेछ । यो सम्झौतामा सहमत नभएका प्रयोगकर्ताहरू यसमा सामेल नभएर अन्तिम अनुमोदनका बेला फेसबुकविरुद्ध थप लडाईं लड्न सक्नेछन् । त्यसका लागि अदालतमा निवेदन दिएर अन्तिम सुनुवाइ तोकिएको दिन आफ्नो असहमति राख्न सकिनेछ । यी दुवै नगर्ने प्रायोगकर्ताको हकमा अन्तिम स्वीकृतपछि यही सम्झौता लागु हुनेछ । उनीहरूले पैसा पनि पाउने छैनन् भने यो मुद्दामा कुनै दाबी पनि गर्न नसक्ने मेटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ