निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्न माग

काठमाडौँ, ६ बैशाख । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । 

उनले भनिन्, “शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिएको छ । तर शिक्षा सहज र सम्मानजनक ढंगले बालबालिकाहरुले पाइरहेका छैनन् । महंगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाइरहेको मात्रै छैन । कयौ मानिसहरू गरिवीको खाडलमा जाकिदै गइरहेका छन्,” “तसर्थ निजी विद्यालयहरूमा प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस् । वर्षै पिच्छे नयाँनयाँ किताब फेर्ने कामको अन्त्य गरी न्यूनतम तीन वर्षमा किताब फेर्न पाउने व्यवस्था गरियोस भनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको