सङ्खुवासभामा कोसी प्रदेश स्तरीय ब्याडमिन्टन

किमाथाङ्का, ६ बैशाख । कोसी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।

खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई रु १०÷१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्