दार्चुलामा विद्यार्थीले पाए भर्नासँगै पाठ्यपुस्तक

दार्चुला, ५ बैशाख । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । 

शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका-६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले बताइन् । गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएको भन्दै यहाँका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफू पनि निकै खुशी भएको विद्यालयका निमित्त प्रधानाध्यापक रामसिंह धामीले बताए । 

“विद्यार्थीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पुस्तक भएन भनेर गुनासो गर्थे हामीलाई पनि पढाउदा समस्या हुन्थ्यो यो वर्ष भर्ना भएसँगै विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा हर्षित भएका छौँ, उनले भने । विद्यालयमा दुई सय ५० विद्यार्थी अध्यनरत छन् । मङ्गलबार मात्रै विद्यालयमा भर्ना भएका एक सय ५० विद्यार्थीलाई पुस्तक वितरण गरिएको धामीले जानकारी दिए । विद्यालयमा सुरुदेखि नै झोलाभरी कापी र किताब बोकेर विद्यालय जान पाउँदा विद्यार्थीमा समेत पढाइप्रतिको उत्साह थपिएको अविभावकहरुको बुझाइ छ । 

त्यस्तै शैल्यशिखर नगरपालिकाको-६ मा रहेको शैल्यशिखर आधारभूत विद्यालय दुई सय ४० विद्यार्थी अध्ययनरत छन् । भर्नासँगै पुस्तक वितरण हुने भएपछि विद्यार्थी भर्ना सङ्ख्या बढेको विद्यालयका प्रधानाध्यापक शारदा धामीले बताए । गत वर्ष शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नहुँदाको समस्यालाई मध्यनजर गर्दै यस वर्ष जिल्लाका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलव्ध गराइएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट