सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, २७ चैत ।  सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने २० वर्षीय  युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  झापा गाउँपालिका वडा नं ६ स्थायी घर भएका कादिर मोमिन रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिला मानिसको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेखी उक्त तस्बिर र भिडियोहरू पोस्ट गर्नुको साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोस्ट गरी दुःख दिने गरेका थिए । मोमिनलाई चैत २४ गते झापाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज सुनुवाइ

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल