सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, २७ चैत ।  सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने २० वर्षीय  युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  झापा गाउँपालिका वडा नं ६ स्थायी घर भएका कादिर मोमिन रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिला मानिसको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेखी उक्त तस्बिर र भिडियोहरू पोस्ट गर्नुको साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोस्ट गरी दुःख दिने गरेका थिए । मोमिनलाई चैत २४ गते झापाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ