म्यापल वियर क्यानेडियन प्रिस्कूलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर, २५ चैत । अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसको सन्दर्भमा भक्तपुरमा ३५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । म्यापल वियर क्यानेडियन प्रिस्कूलले शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ३५० जनाले स्वास्थ्य परीक्षण गराएका हुन् ।

१५० जना बालबालिका र १५० अभिभावक गरी ३५० जनाले स्वास्थ्य परीक्षण गराएका अयोजक संस्थाले जनाएको छ । नाक, कान, घाँटी र दाँतको उहाँहरुले स्वास्थ्य परीक्षण गराएका म्यापल वियर क्यानेडियन प्रिस्कूल भक्तपुरका प्रमुख दीया भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैका लागि स्वास्थ्य भन्ने नारालाई सार्थक बनाउका लागि प्रिस्कूलले निःशुल्लक स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।

स्वास्थ्य शिबिरसँगै एक दिने योगा शिबिर, अटिजम भएका व्यक्तिका लागि कसरी हेरचार गर्न सकिन्छ भन्ने सूचना केन्द्र स्टल, त्यस्तै फेस पेन्टिङ, स्थानीय बारा योमरी लगायतका स्थानीय खानेकुराको स्टल राखिएको थियो । उक्त पार्टन संस्थामा कमफोर्ट हेल्थ केयरले साझेदारी गरेको थियो । यो संस्थाले आगामी २०८० शैक्षिक सत्रदेखि नयाँ अध्ययन र अध्ययापन गर्ने भएको छ । संस्थाले पिजी, नर्सरी र एलकेजीको कक्षा सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट