फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ, २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको बताएकी छन् ।

नेपाली चलचित्र क्षेत्रका संघसंस्थाका निर्वाचित कार्यसमितिलाई बधाई दिन निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले फिल्मको गुणस्तर वृद्धिमा जोड दिएकी हुन् । उनले भनिन्, ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो । चलचित्र निर्माण गर्दा विषयवस्तु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ,’ ।

फिल्म क्षेत्रमा भइरहेका कामहरुको समीक्षा हुनुपर्ने भन्दै मन्त्री शर्माले फिल्म क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने जरुरी रहेको बताइन् । उनले भनिन्, ‘चलचित्र क्षेत्रको विकासको लागि हामीले के कस्तो भूमिका निर्वाह गरिरहेका छौं भन्ने समीक्षा गर्न आवश्यक छ । नीतिगत रूपमा कहाँ–कहाँ समस्या रहेका छन् र सरकारले कहाँ–कहाँ सहयोग गर्नुपर्ने हो त्यो विषय चर्चा र समीक्षा गरौंला ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३