एसईई परीक्षा दिने ५२ नक्कली परीक्षार्थी पक्राउ

मोरङ, २३ चैत । मोरङको ग्रामथानस्थित एउटा एसईई परीक्षा केन्द्रमा ५२ नक्कली परीक्षार्थी फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ग्रामथान गाउँपालिका–२, झोराहाटस्थित सरस्वती नमुना उच्च माविको परीक्षा केन्द्रमा ५२ जना नक्कली परीक्षार्थी भेटिएका हुन् ।

घटना बाहिरिएलगत्तै प्रहरी अधिकारी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमसहिको टोली झोराहाट पुगेको छ । नक्कली परीक्षार्थी खुलातर्फको परीक्षा दिने रहेका विद्यालयका प्रधानाध्यापक अकोश लुइँटेलले बताए । त्यहाँ मोरङका विभिन्न आठ विद्यालयका परीक्षा केन्द्र कायम छ ।

त्यहाँ २९१ विद्यार्थी परीक्षामा सामेल थिए । प्रवेशपत्रमा टाँसिएको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्ममिति सोधेर केरकार गर्दा नक्कली परीक्षार्थीबारे खुलासा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट