साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर

एजेन्सी, २३ चैत । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको अफर आएको छ । 

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बीच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले कीर्तिमानी रकममा अफर गरेको हो । मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ । 

पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा

रुपन्देही, १६ असोज । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले