नेपालको लागि अष्ट्रियाको राजदुतद्वारा रेफ्री ढकाल सम्मानित

काठमाडौँ, २२ चैत । अष्ट्रियाको राजधानी भिएनामा अवस्थित नेपालको लागि रहेको नेपाली राजदूतावासमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित भएका छन ।

बिगत लामो समयदेखि नेपालको प्रतिनिधित्व गरि युरोपियन देशहरू लगाएत बिश्वका विभिन्न देसहरुमा सन्चालन हुने बिश्व बरियतका अन्तर्राष्ट्रिय खेलहरुमा निर्णायकको भूमिका निर्वाह गरि नेपाललाइ बिश्व सामु चिनाउनको लागि खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्यांकनका साथै नेपालको प्रतिनिधित्व गरि अस्ट्रीयाको इन्सब्रुक सहरमा सम्पन्न भएको अस्ट्रीयन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता निर्णायकको भुमिका निर्वाह गरेका ढकाललाइ भिएनामा अवस्थित नेपालको लागि रहेको नेपाली राजदूतावासमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा महामहिम भरत कुमार रेग्मि ज्युले राजदुतावासमा नै बोलाइ खादा र नेपालि ढाका टोपि लगाएर समान गर्नुभएको थियो। सोहि कार्यक्रममा उक्त राजदुतावास का डा इला मैनालि ज्यु NRNA Austria ICC सदस्य बिकास कार्की ज्यु लगाएतका उहाँको टिमको उपस्थिति रहेको थियो।

युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि ढकाललाई निर्णायक मण्डलमा छनोट गरेको थियो। उहाँ स्पेनको अलिकान्टे सहरमा सन्चालन हुने अर्को प्रतियोगितापनि सहभागिता जनाउनकोलागि अर्को हप्ता तेस तर्फ प्रस्थान गर्नेछन् भने ढकालले हालै उज्वेकिस्तानको तास्केन्द सहरमा सम्पन्न पेरिस ओलम्पिक २०२४ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागिता समेत जनाएका थिए। अन्तर्राष्ट्रिय दोस्रो श्रेणीका तेक्वान्दो निर्णायक ढकालले यसअघि बेल्जियम, स्पेन फ्रान्स, पाकिस्तान, जर्मनी, चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण