‘राष्ट्रिय युवा संघको दशक र बदलिएको जमाना’

डरलाग्दा गतिविधिलाई भरलाग्दा गतिविधिको नियन्त्रण गर्नु नै आम नेपाली युवा मात्र नभई जनताको आशा, भरोसा र विश्वासको केन्द्रविन्दु बन्ने गर्छ । सकारात्मक सोचको विकास र नकारात्मक सोचको भण्डाफोर गरी जनताको सारथी बन्दै सामाजिक रुपान्तरण र न्यायको पक्षको नेतृत्व गर्नु युवाको महत्वपूर्ण जिम्मेवारी हो । जसको लागि संगठित, अनुशासित, गतिशिल, क्रियाशिल, क्षमता अभिवृद्धि, नविनतम् सोच, सिर्जनशिलता, मिसन, भिजन र दृष्टिकोण हुनुपर्छ, त्यो नै नेकपा एमालेको जनवर्गीय संगठन हो, राष्ट्रिय युवा संघ नेपाल ।

युवाहरुको भरलाग्दो र डरलाग्दो एक्लो वृहस्पती हो, राष्ट्रिय युवा संघ । यथास्थितिवादी, सामन्त, दलाल पूँजीवादीहरुका लागि डरलाग्दा गतिविधि हुन् भने नवीनता र सृजनशीलताले भरिएको अनि भरलाग्दा र डरलाग्दा गतिविधि राष्ट्रिय युवा संघको गतिशीलता हो । ‘जे बोल्छ, त्यो गर्छ’ भन्ने मान्यतालाई संघले निरन्तरता दिनुपर्ने छ । १० वर्ष पहिले संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा बनेको संघको बुटवलमा भएको ८औं महाधिवेशनको आज दशक मात्र बितेको छैन, जमाना पनि बदलिएको छ । महेश बस्नेत नेतृत्व पछि निरुदवी पाल, राजिव पहारी, रमेश पौडेल, बचन बहादुर सिं र वर्तमान अध्यक्ष किरण पौडेलेको नेतृत्व रहेको छ । महेश बस्नेत पछि एकै पटक किरण पौडेलको नेतृत्वमा महाधिवेशन हुँदैछ । पौडेलकै नेतृत्वमा ९औं महाधिवेशन आगामी २७ देखी २९ गतेसम्म नेपालगञ्जमा हुँदै छ । यो सँगै पार्टीको नेतृत्वले चाहेको व्यक्ति नै संगठनको अध्यक्ष हुने परम्परालाई तोडिएको छ । समय सापेक्ष रुपमा राजनीतिका सैद्धान्तिक रुपहरुको आधारभुत कुराहरु नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्छ, हुनुपर्छ । जसले गर्दा नयाँ पुस्ताका युवाहरुले राज्य सञ्चालन र समृद्धिको नयाँ आधार बनाउन सकुन, भिजन र दृष्टिकोण दिर्घकालसम्म प्रभाव पार्ने र जनप्रीय बन्न सफल हुन् ।

युवाहरुको एक्लो बृहस्पती बन्दै राज्यदोहनको लाइसेन्स र आत्मसमर्पणवादको अन्त्य गर्नु अबको युवाहरुको काँधमा जिम्मेवारी रहेको छ । चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड बन्यो । त्यसमा एमालेले जनपक्षीय रुपमा पहिलो हुँदा हुँदै पनि प्रकृयागत रुपमा मुलुकको नेतृत्व गर्ने नभई प्र्रतिपक्षी भूमिकाको जनमत (दोस्रो दल) प्राप्त भयो । गठबन्धनबाट बनेको सरकार विकृति, विसंगती, भ्रष्टाचार, अनियमिततालागयतका कार्यहरुको लाइसेन्स वितरण गर्ने निकाय जस्तै बनेको छ । सरकारका जुनसुकै निकायमा विकृति, विसंगती भ्रष्टाचारको चाँङ लागेका छन् । त्यसको अन्त्य गर्ने जिम्मा अबका दिनमा एमालेलाई रहेको छ । त्यसमा पनि राष्ट्रिय युवा संघले सडकदेखी सदनसम्म नेतृत्व गर्नुपर्ने टड्कारो आवश्यकता जनताले प्रत्यक्ष रुपमा महशुस गरिरहेका छन् ।

देशको पक्षमा, जनताको पक्षमा र सत्यको पक्षमा उभिदा कहिले काही एक्लो वृहस्पती बन्नु पर्ने हुन्छ । तर अन्त्यमा जीत त्यसकै हुन्छ । उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पतनोन्मुख यात्रा । माओवादी नेतृत्व मात्र हैन, नेकपा समाजवादी केन्द्रलगायतका कम्युनिष्ट पार्टीहरुका नेता तथा कार्यकता र जनवर्गीय संगठनहरुको समेत राजनीतिक भविष्य अन्धकारको यात्रा तय भएको देखिन्छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्लाई समर्थन गर्नुहुन्छ, प्रचण्ड कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्नुहुन्छ र शेरबहादुर देउवा भारतलाई समर्थन गर्नुहुन्छ । यसबाट प्रष्ट हुन्छ कि नेपालको राजनीति दक्षिणपन्थमा रुमलिएको छ । मुलुक शक्ति राष्ट्रहरुको खेलमैदान बन्दैछ । यसलाई बेलैमा रोक्नुपर्छ, नेपालको असंलग्नता, पञ्चशिल सिद्धान्तलाई कार्यान्वयन गर्न एमालेले अडिलो खबरदारी गर्नुपर्छ, जनताको घरघरमा एमालेका नेता तथा कार्यकर्ताले वास्तविकता जानकारी गराउनुपर्छ । जसको मुख्य भूमिका राष्ट्रिय युवा संघको हो ।

नयाँ जमानाका सामाजिक समस्या र चुनौतीहरुको ठेट समाधान पस्केर नेतृत्वको आकाक्षा प्रकट गर्नुहोस् । परिवर्तनका र विकासका लागि राजनीति हैन, पदका लागि मात्रै राजनीति गरेका गठबन्धनका दलहरुले नेपालमा समाजवाद ल्याउने कल्पना गर्नुभनेको आफैमा मुर्खता जस्तै बनेको छ । नेपाल र नेपालीको लागि नभई विदेशीसँग ‘जधैं मालिक साव्’ भनेर बनेको सरकारले जनतालाई हैन, विदेशीलाई खेलमैदानको रुपमा परिणत गर्न खोज्दै छ । स्थिरताका लागि गठबन्धन हैन, अस्थिरताका लागि गठबन्धन गरेको खुल्ला किताब जतिकै छर्लङ्ग रहेको छ । यो संस्कारलाई सदाको लागि अन्त्य गर्न बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरा गर्नुपर्छ । त्यसको नेतृत्व नै नेकपा एमाले हो, राष्ट्रिय युवा संघ नेपाल हो । जसलाई सार्थकता दिन राष्ट्रिय युवा संघको आगामी ९औं महाधिवेशनपछि आउने नेतृत्वको मुख्य कार्यभार हो ।

विगतमा १० वर्षे सशस्त्र जनयुद्धको नाममा नेपाली जनतामाथि भएको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरी देशभर माओवादीलाई प्रतिकार गरी जनताको जीवन रक्षाको ग्यारेन्टी गरेको थियो । त्यती मात्र हैन, युवाको हक, अधिकारलाई संविधानमा नै लिपिवद्ध गराई युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद्, युवा तथा खेलकुद मन्त्रालयको स्थापना, जिल्ला जिल्लाबाट राहदानी वितरणको व्यवस्था लगायतका असंख्य जनमुखी कार्यहरुको नेतृत्वकर्ता संगठन नै राष्ट्रिय युवा संघ नेपाल हो । विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ । देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा एक ढिक्का भई अघि बढ्नुपर्छ ।

लेनिनात्मक सांगठनिक प्रणालीमा विश्वास गर्ने हामीले ‘व्यक्तिले संगठन होइन, संगठनले व्यक्ति परिचालन गर्ने’ कुरामा विश्वास गर्नुपर्छ । राष्ट्रिय युवा संघ नेपालमा आबद्ध भएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले सैद्धान्तिक रुपमा माक्र्सवाद (वर्ग संघर्ष र द्वन्द्वात्मक भौतिकवाद), लेनीनवाद, समाजवाद, साम्यवाद, पुँजीवाद, साम्राज्यवाद, माओवाद, उपनिवेशवाद, आदर्शवाद (उग्र र उद्धार), जनताको बहुदलीय जनवाद, जनवादी केन्द्रीयता, आर्थिक क्रान्ति, राज्यको उत्पति र राज्यको उत्पतिमा पार्टीको दृष्टिकोण (विचारधारा), संघीय लोकतान्त्रीक व्यवस्था, धर्मनिरपेक्षता, शक्ति पृथकीकरणलगायतका कम्युनिष्ट कार्यकर्ताले बुझ्नै पर्ने न्युनतम् सिद्धान्तहरुको बारेमा जानकार हुनैपर्छ । संघका नेता तथा कार्यकर्ताले त्यसमा पनि नेपालमा विभिन्न कम्युनिष्ट पार्टीहरु छरपस्ट अवस्थामा रहेकाले एमाले र ति छरपस्ट अवस्थामा रहेको पार्टीहरु बिचको फरक सैद्धान्तिक रुपमा छुट्याउन सक्नुपर्छ, जनतालाई बुझाउन सक्नुपर्छ । नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालमा नै किन लाग्नुपर्ने ? भन्ने प्रश्नको सैद्धान्तिक र विगतको इतिहाससहित व्यवहारिक रुपमा जवाफ दिन सक्नुपर्छ ।

युवाहरूको शक्ति सम्पूर्ण संसारको लागि ‘आम धन’ हो । समाजमा कुनै पनि खण्डको विकास युवाको उत्साह र साहस बिना कल्पना गर्न सकिँदैन । नेपालको राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने सत्तारुढ गठबन्धनका दल र सरकारले देशलाई जाना जानी असफल बनाउँदै त छैनन् ? भन्ने आभास हुन थालेको छ । राष्ट्रिय एकता हैन बिखण्डन नै अन्तिम कार्यभार हो कि के हो ? भन्ने जनतामा गंभिर प्र्रश्न खडा भएको छ । हिजो गोर्खा भर्तीको बिरोध गर्नेहरु नै म्यानपावर चलाउने र गाउँबाट साहुलाई खेदाउनेहरु नै मिटर ब्याजी हुनु भनेकै आमूल परिवर्तन भएको भन्ने सोच राखेका सत्ता गठबन्धनका दलहरुको ‘समाजवाद देखाउने तर खाने दांत भने दलाल पूँजीवाद’ रहेछ । त्यसलाई समयमा नै रोक्न राष्ट्रिय युवा संघले प्रभावकारी कदम चाल्नुपर्छ । सडक र सदनमा आवाज गुञ्जायमान बनाउनुपर्छ । जनताको मन मस्तिष्कमा बस्न सफल हुनुपर्छ ।

देशका भविष्यहरु विदेश तिर देखाउने सत्ता गठबन्धन दलहरुको सरकार त झन् मक्ख देखिन्छ । रोजगारीको लागि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतालाई त्यागी विदेशको दुःखद् यात्रालाई न बालेन शाहले रोके न रबी लामिछानेले रोके, रोक्ने भिजन र दृष्टिकोण नै ल्याए । उनीहरु पनि नयाँ जोगी रहेछन् । एक झरी पानी पर्ना साथ खरानी पखालिएर उस्तै देखिए । अब २० वर्ष नयाँ पुस्ता उतै जन्मिन्छन् र पुराना पुस्ता परमधाम पुग्छन् । देश त खाली होला जस्तो देखिन्छ, अहिलेको रोजगारी तथा अध्ययन गर्ने बहानामा नेपाली युवा पुस्ता विदेशीएको देख्दा । यस्तो डरलादो अवस्थालाई राष्ट्रिय युवा संघको ९औं ऐतिहासिक महाधिवेशनले विशेष नीति तथा कार्यक्रमहरु बनाई योग्य, दक्ष तथा क्षमतावान युवालाई विदेश पलायन रोक्नुपर्छ । नेपालको २०६८ सालको जनगणनाको तथ्याङ्कलाई हेर्ने हो भने पनि गाउँबाट सहर जनसंख्या वृद्धि भएको देखिन्छ । अब सहरबाट युवाहरु विदेश पलायको अझ ठूलो सम्भावना बढेर गएको छ । अवसरको खोजीले विदेश पलायन बढेको तथ्याङ्कले देखाउँछ । त्यसलाई रोक्न युवा नीति, रोजगार र आत्मनिर्भताको वातावरण सिर्जना गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ । युवाको जोसिलो उमेरको पसिना मुलुक निर्माणको लागि प्रयोग गर्नुपर्छ । त्यसको नेतृत्व राष्ट्रिय युवा संघले गर्नुपर्छ ।

(लेखक : राष्ट्रिय युवा संघ नेपाल ९औं महाधिवेशन आयोजक कमिटी सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।