सिरियाली सैन्यस्थलमा इजरायली मिसाइल आक्रमण

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको छ ।

सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरायली  क्षेप्यास्त्रलाई लक्ष्य भेदनबाट रोकेको पनि उक्त टिभीले जनाएको छ । सरकार समर्थक शाम एफएम रेडियोले होम्सको पश्चिमी ग्रामीण इलाकामा रहेको सैनिक शिविरमा भएको आक्रमणमा चार सैनिक घाइते भएको बताएको छ । आक्रमणबाट केही भौतिक क्षति पनि भएको छ । यद्यपि त्यसको विवरण सार्वजनिक गरिएको छैन ।

बिहीबारदेखि सिरियाली सैन्य केन्द्रमा इजरायलले गरेको यो तेस्रो आक्रमण हो । इजरायलले केही समययता सिरियाली सेना र होम्समा रहेका इरान समर्थक समूहका सैन्य स्थलमा आक्रमण गर्दै आएको छ । तीन दिनअघि इजरायली आक्रमणमा परी इरानको शक्तिशाली रिभोलस्नरी गार्डस्का एक अधिकारी मारिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ