काठमाडौँ, १९ चैत । भग म्यागजिनले आफ्नो फिलिपिन्स संस्करणमा एपो-वाङ-ओड नामक एक १०६ वर्षीया ट्याटु कलाकारलाई कभर स्टारको रुपमा प्रस्तुत गरेको छ ।
यससँगै उनी विश्वप्रसिद्ध भग म्यागजिनमा मोडलको रुपमा देखापर्ने सबैभन्दा वयोवृद्ध व्यक्ति घोषित भएकी छन् । उनी वाङ-ओड-मारिया ओग्गे नामले पनि चिनिन्छिन् । बुबाको निर्देशनअनुसार उनले किशोरावस्थादेखि नै हातले ट्याप गर्ने ट्याटुको कलालाई उनी सिद्ध गरिरहेकी छन् ।
मनिलाबाट करिब १५ घण्टा उत्तरमा रहेको कलिंगा प्रान्तको बस्कलनको पहाडी गाउँमा बस्दै आएकी उनलाई देशको सबैभन्दा पुरानो माम्बाबाटोक वा परम्परागत कलिंगा ट्याटुस्ट मानिन्छ ।