लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको छ । मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रात भरी रिपेलेन्ट बालिरहेका थिए ।

घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ । अतिरिक्त डीसीपी सन्ध्या स्वामीले शास्त्री पार्कमा सञ्चारमाध्यमसँग भने, ‘ग्राउन्ड फ्लोरमा लामखुट्टे भगाउन धूप बलिरहेको थियो जसका कारण आगलागी भएको थियो ।’

‘मानिसहरूलाई बाहिर निकाल्दा ६ जनाको सास चलिरहेको थियो तर जब अस्पताल लगियो उनीहरूको मृत्यु भयो । दुई जनाको अवस्था गम्भीर छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय