एक अमेरिकी पत्रकार रुसमा पक्राउ

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई रुसले जासुसीको आरोप लगाएको छ । उनी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा यक्याटरिङबर्गमा कार्यरत थिए ।

द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । साथै उनमाथि लागेको आरोपलाई अस्वीकार गरी तत्काल रिहाइको माग गरेको छ । ती संवादादता अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेका र गोप्य सूचना सङ्कलन गरिरहेको रुसको दाबी छ ।

मस्कोको लिफोर्टोभो जिल्ला अदालतले मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ । समाचार संस्था तासले पक्राउ परेका पत्रकार एभन ग्रेस्क्राेभीचले आरोप अस्वीकार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय