कर्णालीका ३८ हजार ९७० जना परीक्षार्थी एसईईमा सहभागी

सुर्खेत, १७ चैत । शुक्रबार बिहान ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कर्णालीका ३८ हजार ९७० जना विद्यार्थीहरू सहभागी हुँदैछन् । 

१७९ वटा परीक्षा केन्द्र रहेको कर्णालीमा १९ हजार ३०१ जना छात्र र १९ हजार ६७९ छात्राले आज एसईई दिन लागेका हुन् ।शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दीपा हमालका अनुसार परीक्षार्थी सङ्ख्या १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबै भन्दा कम डोल्पामा रहेका छन् । 

३२ वटा परीक्षा केन्द्र रहेको सुर्खेतबाट ९ हजार १३९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । ३ वटा परीक्षा केन्द्र रहेको रुकुम पश्चिममा ४ हजार २१६ विद्यार्थी र २५ वटा परीक्षा केन्द्र रहेको सल्यानबाट ४ हजार ९८३ विद्यार्थीले परीक्षा दिँदै छन् । 

हिमाली जिल्लाहरूमा भने विद्यार्थी र परीक्षा केन्द्रको सङ्ख्या न्यून रहेको छ । ६ वटा परीक्षा केन्द्र रहेको हुम्लामा १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । यस्तै मुगुका ७ परीक्षा केन्द्रमा  १ हजार ६६६, डोल्पाका ४ परीक्षा केन्द्रमा ६९८ जना परीक्षार्थी रहेका छन् । यस्तै २१ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७६६, १७ परीक्षा केन्द्र रहेको जुम्लामा २ हजार ८७७ जना परीक्षार्थी रहेका छन् । २० वटा परीक्षा केन्द्र रहेको जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र