काठमाडौँ, १५ चैत । यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको शीर्ष भूमिकामा सलमान खान र शाहरुख खान देखिनेछन् । बलिउडका यी दुई स्टारले सन् १९९५ को फिल्म ‘करण अर्जुन’मा सहकार्य गरेका थिए ।
यशराजले यो फिल्मलाई लिएर अहिले नै विस्तृत बताएको छैन । फिल्मलाई आगामी जनवरी २०२४ मा रिलिज गर्ने योजना छ । हालै रिलिज भएको ‘पठान’मा पनि सलमानको विशेष भूमिका थियो । यही फिल्मबाट यशराजले हलिउड स्टुडियो शैलीलाई पछ्याउँदै स्पाइ युनिभर्स निर्माण गर्ने घोषणा गरेको हो ।