मधेस प्रदेशमा एसईई दिने ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदै

जनकपुरधाम, १३ चैत । मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । यही चैत्र १७ गते (शुक्रबार)देखि २९ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशको सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पुगिसकेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालले जानकारी दिए । सुरक्षाको प्रबन्ध मिलाउन पनि पत्राचार गरिसकिएको उनले बताए । उनका अनुसार यस वर्ष मधेस प्रदेशमा २७९ परीक्षा केन्द्रबाट कुल ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदै छ ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगीहरू पनि चयन गरिसकिएको उनले जनाए । यी सबै कर्मचारी मिलाएर यस वर्ष मधेसमा सात हजार ५७९ कर्मचारी परीक्षा केन्द्रमा खटिने छन् भने सोही संख्यामा सुरक्षा प्रवन्धको लागि प्रहरी परिचालन गर्ने तयारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीलाई सुरक्षामा खटाइने छन् ।

धनुषामा सबैभन्दा बढी ४३ वटा परीक्षा केन्द्र छन् । १२ हजार १४६ परीक्षार्थी छन् । सुरक्षा व्यवस्थाको लागि २८४ नेपाल प्रहरी, २२४ सशस्त्र प्रहरी र १५ जना अनुसन्धान प्रहरी खटाइने धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।सर्लाहीमा ३७ वटा परीक्षा केन्द्रबाट दश हजार ९१६ विद्यार्थी, सिरहामा ४० वटा परीक्षा केन्द्रबाट दश हजार १५० विद्यार्थी र सप्तरीमा ३६ वटा परीक्षा केन्द्रबाट ९ हजार ५२७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

यस्तै, महोत्तरीको ३१ वटा परीक्षा केन्द्रबाट ९ हजार ५४ विद्यार्थी, रौतहटमा ३५ परीक्षा केन्द्रबाट आठ हजार ९५७ विद्यार्थी, बारामा ३२ परीक्षा केन्द्रबाट ९ हजार १७९ परीक्षार्थी र पर्साको २५ केन्द्रमा ९ हजार १६५ विद्यार्थी परीक्षा दिन लागेका छन् ।प्रश्नपत्र आउट हुने विषयलाई गम्भीरतापूर्वक लिएर सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमबाटै तीनै सुरक्षा निकायलाई एसईईको बेला हुने त्रुटीबारे सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा

काठमाडौँ, २१ भदौ । मकवानपुरक हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन । विशेष सूचनाका

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । रौतहटको कटहरिया बजारमा चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा