युवाको भूमिका
‘राज्यको मेरुदण्ड, समृद्धिको नेतृत्व, नविनताको शुरुवात र आधुनिक प्रविधिको उच्चतम् प्रयोग’ गर्ने महत्वपूर्ण जिम्मेवारी युवा पुस्तामा रहेको छ । कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी ओगटेको युवा पुस्ता अबका दिनमा राज्य, सरकार र जनताबीचको अध्ययन गर्ने र मुलुकलाई अग्रगामी दिशामा लैजाने भूमिकामा रहनुपर्ने अपरिहार्यता बनेको छ । संविधानत् समाजवाद उन्मुख नेपाललाई सच्चा कम्युनिष्ट पार्टीको दृष्टिकोण अनुसारको आम नागरिकले देख्ने, भोग्ने र प्रयोग गर्न सक्ने समाजवादको स्थापना अबको कार्यदिशा हो । परि आए हस्तक्षेपकारी भूमिकामा मुलुकको नेतृत्व युवा पुस्ताले लिनुपर्छ । समाजवादको लक्ष्य प्राप्त गर्न वर्तमान पुँजीवादी क्रान्तिको बाटोलाई अन्त्य गराउँदै शोसक, सामन्तवाद र दलालीतन्त्रको अन्त्य गराउन अबको बौद्धिक युवाहरुको पहल हुनुपर्छ । जसको लागि मुलुकको आर्थिक समृद्धिको गर्न पब्लिक, प्राइभेट, पार्टनरसीप (थ्री पि)को अवधारणा आगाडी बढेको छ । जसमा युवाको सहभागिता र नेतृत्वले मात्र सफलताको शिखर चुम्न सकिन्छ । तसर्थ नेपालमा व्यापक मात्रामा आर्थिक क्रान्ति लागि युवाहरुको सहभागिता र नेतृत्व अपरिहार्य रहेको छ ।
उत्पादन र रोजगार नै अबको समाजवादी यात्रा हो । काल माक्र्सको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अनुसार हुँदा खाने र हुने खाने बीचको खाडल अन्त्य गर्नुपर्ने छ, वर्ग संघर्ष गर्नु जरुरी छ । सामन्तवादको अवशेषलाई निर्मूल गरी समानता, न्यायको क्षेत्रमा सुधार गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योगलगायतलाई रोजगारसँग जोड्नुपर्नेछ । अथाह सम्भावना बोकेको नेपालमा उद्योग तथा कलकारखाना सञ्चालन गरी जीवनमा केही गर्छु भन्ने उमेर समुहका युवाहरु विदेशको भूमरिमा जिविकोपार्जनको लागि ५० डिग्रीभन्दा बढीको तातो घाममा दुःखद व्यतित गर्न हैन, नेपालमा नै रोजगारीको वातावरण सिर्जना गरी विदेशी युवाहरुलाई समेत नेपालमा रोजगारीको लागि आउने वातावरणको आधार बनाउनु पर्नेछ । विदेशमा सिकेको सीप तथा विदेशी युवाहरुको सीप र बौद्धिकतालाई नेपालको समृद्धिको लागि प्रयोग गर्नुपर्छ । युवा पुस्ताले जीवन निर्वाहको लागि जागिर खानुपर्ने हैन, जागिर दिन्छु भन्ने अवस्था बनाउनुपर्नेछ । आफ्नो देशमा नै लागानीको वातावरण बनाई स्वदेशी उत्पादनको व्यापक वृद्धि गरी आयात घटाई निर्यातलाई बढाउनु पर्नेछ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास गर्नु पर्नेछ । यसको लागि राष्ट्रिय युवा संघको आगामी नेतृत्वले नेतृत्वदायी कदम चाल्नुपर्नेछ, चाल्नेछ भन्नेमा आम नेपाली युवाहरुको विश्वास र भरोसा रहेको छ । यो नै आगामी दिनमा युवाको भूमिका र कार्यभार हुनेछ ।
युवाको कार्यभार र अवस्था
हिजोको राजनैतिक लडाई पार भएको छ । अब राजनैतिक लडाई हैन, अधिकारको लडाई हैन, हालसम्मको उपलब्धीलाई संस्थागत गर्दै नविनतम् सोचका साथ आधुनिक समाजवादको सुन्दर बगौंचा बनाउनु पर्ने पर्नेछ, अराजकता, विकृति र विसंगतिलाई हटाउँदै भयरहित समाजको निर्माण गर्नुछ । युवा नेपालको राजनीतिक परिर्वनको सम्वाहक त हुन नै । त्यती मात्र हैन, युवालाई मुलुकको आर्थिक समृद्धिमा जोड्नुपर्छ । नविनता, सिर्जनसीलता, गतिशीलताको साथमा युवाहरुमा सैद्धान्तिक, व्यवहारिक र लगनशिलतामा जोड दिनुपर्ने आवश्यकता रहेको छ । युवाले ‘भन्ने एकातिर, गर्ने अर्कोतिर’ हुनुहुँदैन । आफ्नो योग्यता, क्षमता र दक्षतालाई मुलुक बनाउने मिसन र भिजनमा दृढताका साथ रुपान्तरण गर्नुपर्छ । उत्पादन, रोजगार, शिक्षा, स्वास्थ्य तथा भौतिक विकासमा प्रयोग गर्नुपर्छ ।
दैनिक हजारौं युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने वाध्यात्मक अवस्था छ । जोस, जाँगर र उत्साहको उमेरमा विदेशीको समृद्धिमा युवा पुस्ताले समय व्यतित गर्नुपरेपछि अबको १०–१५ वर्षमा वालवालिका र वृद्धवृद्धा उमेर समुहले नेपालको समृद्धि कसरी सम्भव छ ? युवा पुस्ता विदेश पलायन हुने अवस्थालाई रोक्नुपर्छ । दक्ष युवालाई विकसित मुलुकमा सिमित समयको लागि रोजगारीको लागि पठाउनु स्वभाविक नै हो । किन कि नयाँ प्रविधिको विकास र सीप हासिल गर्न त्यो महत्वपूर्ण हुन्छ । त्यो सीप, क्षमता र दक्षतालाई मुलुक निर्माणको लागि प्रयोग गर्न सक्नुपर्छ । रोजगारीको लागि मात्र हैन, उच्च शिक्षाको लागि समेत वार्षिक रुपमा नेपालबाट लाखौं युवा अन्य मुलुक जाने गरेका छन् । जसले गर्दा सृजनशिल युवा नेपाल हैन, विदेश बनाउन बाध्य छन् । जसबाट नेपालको खरवौं रकम समेत बाहिर जाने गरेको छ । त्यसैले अदक्ष युवालाई खाडी मुलुक पठाएर सिमित रेमिट्यान्स हैन, दक्ष युवा विदेश पठाए रेमिट्यान्सलाई बढाउन सकिन्छ । स्वदेशी वस्तुको उत्खनन्, उत्पादन र बजारको विस्तार गर्न सके नेपालमा आयात हैन, निर्यात गर्ने मुलुकको रुपमा स्थापित गराउन सकिन्छ ।
९औं महाधिवेशन र नयाँ नेतृत्व
संघबाट विगतदेखी हालसम्म पार्टीको मात्र नभई मुलुकको नेतृत्व गरिरहनुभएका श्रद्धेय पार्टी अध्यक्ष राजनेता केपी शर्मा ओली संस्थापक अध्यक्ष रहनुभएको राष्ट्रिय युवा संघ नेपाल देशकै सवैभन्दा शक्तिशाली संगठन हो । यो विरासत आगामी दिनमा अझ बढी व्यवस्थित र प्रभावकारी बनाएर लैजानुपर्छ । संघ ‘सडक बाघ’मात्र हैन, विकास निर्माण र समृद्धिको महत्वपूर्ण सम्बाहकको रुपमा स्थापित हुनुपर्ने छ । तितरवितर भएका युवालाई गोलबन्द गर्दै देशभित्र मात्र नभई विदेशका धेरै देशहरुमा संघले आफ्नो संगठन विस्तारलाई बढाउनु पर्नेछ । जसले गर्दा जनताको दुःख सुखमा संघको प्रत्यक्ष सहभागिता हुनेछ । राजनीति व्यवसाय हैन, सेवा हो, त्यसमा आम जनता गोवन्द हुन अभिप्रेरित गर्नु पर्नेछ । संघमा आवद्ध युवाहरु उत्पादन र रोजगारमा आवद्ध भई राज्यलाई अनिवार्य कर तिर्ने विधानलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्नेछ । राजनीतिलाई फोहोरी खेल हो भन्ने जनतामा रहेको भ्रमलाई अन्त्य गराउँदै युवाको सुन्दर भविष्य बनाउन र अभिभावकले आफ्नो छोराछोरीलाई राष्ट्रिय युवा संघमा नै आवद्ध हुन सुझाव दिने वातावरण बनाउनु महाधिवेशपछिको नेतृत्वको महत्वपूर्ण जिम्मेवारी रहनेछ । ‘जहाँ युवा, त्यही राष्ट्रिय युवा संघ नेपाल’को अभियान चलाउँदै कसैलाई काखा र कसैलाई पाखा नगरी संगठनमा दिएको योगदान, क्षमता र योग्यताको कदर गर्दै नेताको पछि हैन, पार्टीको नीति तथा सिद्धान्तको पछि लाग्ने कार्यकर्तालाई स्थान दिनुपर्छ ।
१० वर्षपछि आगामी चैत्र २७ देखी २९ गतेसम्म नेपालगञ्जमा संघको ९औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनले लामो समयसम्म नेतृत्वको टीके प्रथालाई अन्त्य गराई युवाहरुको रोजाईको नेतृत्व छनोट गर्ने समय आएको छ । युवाको मनोविज्ञान र प्रविधिलाई बुझ्ने तथा लोकतान्त्रीक पद्धतिलाई आत्मसात् गर्दै संघको महाधिवेशनले नयाँ जोस्, जाँगर, उत्साह, मिसन, भिजन, दृष्टिकोण, नेकपा (एमाले) पार्टीको सिद्धान्तप्रति बफादार र ‘जहाँ छोयो, त्यहाँ सफलता’ चुम्न सफल गराउने नेतृत्व आउनेमा विश्वास रहेको छ । माथि उल्लेखित युवाको भूमिका र कार्यभारलाई जस्तोसुकै परिस्थितीमा सहजताका साथ सम्पूर्ण नेपाली युवाहरुको नेतृत्व गर्नेछ ।
नेतृत्वमा नपुगुञ्जेल विभिन्न समुहबाट प्रतिनिधित्व गर्नु राजनीतिमा सामान्य नै हो । तर नेतृत्वमा पुगेपछि पनि सिङ्गो संगठनको नेतृत्व नभई समुहको नै नेतृत्व गर्ने प्रकारको हुने छैन । महाधिवेशनबाट नेतृत्व युवाको माग, आवश्यकता र चाहनालाई सम्बोधन गर्न संगठन र एमाले पार्टीको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउने नेतृत्व छनोटमा युवाहरु विश्वस्त रहेका छन् । युवाको भूमिका राज्यका विभिन्न निकायहरुमा सम्मानजनक उपस्थिती गराउन आउने नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नेमा आम युवाहरुले भरोसा गरेका छन् । युवाका आवाजहरु राज्यका तीन वटै तहका सरकार तथा कानुनका कागजमा हैन, व्यवहारमा रुपान्तरण गराउने नेतृत्व अहिलेको आवश्यकता हो । संघको आगामी नेतृत्वले सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै मुलुकमा जातीय, क्षेत्रीय द्वन्द्व फैलाउन खोज्नेलाई निरुत्साहित गर्दै मुलुकमा शान्ति स्थापना गर्न सरकारलाई विशेष सहयोग गर्नेछ ।
किन राष्ट्रिय युवा संघ नेपाल ?
‘आवाज विहिनहरुको आवाज’को पहिचान बनाएको संघले सडक, सरकारदेखी सदनसम्म आम नेपाली युवाहरुको माग, आवश्यकता र चाहनालाई सम्बोधन गराउन तथा मुलुक परिवर्तनको मेरुदण्डको रुपमा युवा संघलाई आम नेपाली जनताले लिने गरेका छन् । ‘रहर लाग्दो, भर लाग्दो तथा बैरीको लागि डर लाग्दो’ संगठनको पहिचान बनाएको राष्ट्रिय युवा संघ नेपालको ९औं महाधिवेशनको तिव्र तयारी भइरहेको छ । नकारात्मक कार्यको भण्डाफोर गरी सकारात्मक सोचको विकास गर्न ‘सडक बाघ’को रुपमा समेत आफ्नो छवि स्थापित गरेको विगतको इतिहास हाम्रो लागि साक्षी छ । विकास र समृद्धिको साथमा मुलुकमा हुने बेथिती, भ्रष्टाचार, महंगी नियन्त्रण, विभिन्न प्रकारका हिंसालगायतका कार्यहरुको विरुद्धमा आवाज बुलन्द गर्ने जनप्रीय राष्ट्रिय संगठन युवा संघ नेपाल हो ।
विगतमा १० वर्षे सशस्त्र जनयुद्धको नाममा नेपाली जनतामाथि भएको ज्यादतीको विरुद्धमा उक्त समयका संघका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरी देशभर माओवादीलाई प्रतिकार गरी जनताको जीवन रक्षाको ग्यारेन्टी गरेको थियो । त्यती मात्र हैन, युवाको हक, अधिकारलाई संविधानमा नै लिपिवद्ध गराई युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद्, युवा तथा खेलकुद मन्त्रालयको स्थापना, जिल्ला जिल्लाबाट राहदानी वितरणको व्यवस्था लगायतका असंख्य जनमुखी कार्यहरुको नेतृत्वकर्ता संगठन नै राष्ट्रिय युवा संघ नेपाल हो ।
शान्तिपूर्ण तरिकाले सरकारका गलत गतिविधिलाई खवरदारी गरी मुलुक परिर्वतनको लागि रचनात्मक, प्र्रभावकारी तथा जनमुखी भूमिका संघले निरन्तर खेल्दै आइरहेको छ । गतिशिलता, शिर्जनशिलता र नविनताको सोचका साथ अगाडी बढेको संघले ‘जहाँ समस्या, त्यहाँ राष्ट्रिय युवा संघ नेपाल’ सहित जनताको दुःख सुखको सारथी बनेको छ । भुकम्प, बाढीपहिरो, प्राकृतिक विपत्ती, हावाहुरीबाट जनधनको क्षतीका कारण मानिसहरु घरवार विहिन हुँदा घर निर्माण गरी सुक्षित बासस्थानको भूमिका निर्वाह गर्ने संगठन नै राष्ट्रिय युवा संघ नेपाल हो । ‘कानुनलाई हातमा लिएर हैन, साथमा लिएर’ अराजक तथा अपराधिक सोचका मानिसलाई तह लगाउने महत्वपूर्ण भूमिका संघले गरिरहेको छ । जसले गर्दा पार्टी तथा पार्टीका नेता तथा कार्यकर्तालाई मात्र नभई आम नेपाली जनतालाई प्रविधिको दुरुपयोग गरी अपराधिक मानसिकताबाट टाढा राख्न धेरै हदसम्म सफल भएको छ ।






