त्रिवि पनिकामा अनेरास्ववियुको ताला

काठमाडौँ, १० चैत । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ ।

आइतबारबाट सुरु हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखिएको भन्दै उनीहरुले ताला लगाएका हुन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको आरोप लगाएका छन् ।

भोजपुरको परीक्षा केन्द्र संखुवासभा, बाँकेको बर्दिया, डोटीको कैलाली परीक्षा केन्द्र पारेर विद्यार्थीले दुख दिन खोजिएकोले ताला लगाएको त्रिवि जिल्ला समिति उपाध्यक्ष समिर राज विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ