पत्रकारलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा सलमानविरुद्ध मुद्दा

एजेन्सी, १० चैत । बम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ । आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो अदालतले जारी गरेको अदालतमा उपस्थित गराउने आदेशलाई चुनौती दिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतले बिहीबार दुवै पक्षको तर्क सुनेर मार्च ३० सम्मको लागि आफ्नो फैसला सुरक्षित राखेको छ। अशोक पाण्डे नामका पत्रकारले सलमान खान र उनका अंगरक्षक नवाज शेखविरुद्ध अंधेरीको एक अदालतमा दायर गरेको उजुरीमा विभिन्न आरोप लगाएका थिए । 

त्यसपछि उनीहरु दुवैविरुद्ध भारतीय दण्ड संहिताको धारा ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका