त्रिदेशीय कपको समापन प्रधानमन्त्री प्रचण्डले गर्ने 

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री त्रिदेशीय कपको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएको छ । 

आजदेखि सुरु हुने प्रतियोगिता चैत १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको समापन समारोह प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई प्रधानमन्त्री निवास बालुवाटार पुगेर समापन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएको र प्रधानमन्त्री प्रचण्डले निमन्त्रणा स्वीकार गरेको एन्फाले जनाएको छ ।

आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र लाओस भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भने सदस्यसचिव घिसिङको उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्