एकदिवसीय क्रिकेट वरीयतामा नेपालको सुधार

काठमाडौँ, ८ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निकालेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आज आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ ।

लिग टूका पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल यी खेल जित्नुअघि १९ औं स्थानमा थियो । नेपाल १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको छ । लिग टू खेलको अन्य देशहरुमा ओमान १६ औं स्थानमा, नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।