निकिता चाण्डक विदेशी फिल्ममा पुनरागमन

काठमाडौँ, ८ चैत । पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्ममा पुनरागमन गरेकी छन् ।

काठमाडौँमा छायांकन भइरहेको भारतीय र फ्रान्सेली निर्माताको सहलगानीको फिल्म ‘द सेमलेस’को शीर्षमध्येको एक भूमिकामा उनलाई देख्न सकिन्छ । एक महिनादेखि काठमाडौँका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरिरहेको फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीटजरल्याण्ड, बुल्गेरिया, ताइवान र मेक्सिकोका कलाकार समावेश छन् । मंगलबार यो फिल्मको छायांकन कोटेश्वरको जडिबुटी क्षेत्रमा भइरहेको थियो । फिल्ममा नेपालबाट निकितासहित ‘कबड्डी’ र ‘छक्कापञ्जा’ फेम्ड लुनिभा तुलाधर, प्रकाश घिमिरे लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :