अफगानिस्तानमा एक सयभन्दा बढी लडाकु मारिए

एजेन्सी, ७ चैत । अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ । 

निजी म सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी  सैन्य कारबाही गरेका छन् ।

सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए पनि युद्धग्रस्त देशले धेरैजसो आत्मघाती बम आक्रमण र आतङ्कवादी हमलाहरूको भने सामना गरिराखेको छ । पछिल्ला आतङ्कवादी हमलाको जिम्मेवारी भने आइएसले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ