एजेन्सी, ७ चैत । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन् ।
रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ ।
दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो । रूसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा शक्तिराष्ट्रहरूले रूसलाई एक्लो बनाइरहेको अवस्थामा सी त्यहाँ पुगेका हुन्। उनले रूसको तीन दिने भ्रमण गर्ने बताइएको छ।