प्रशान्त तामाङ बलिउड डेब्यु

काठमाडौँ, ६ चैत । अभिनेता तथा गायक प्रशान्त तामाङले भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो श्रृंखलामार्फत बलिउडमा डेब्यु गरेका छन् । तामाङले इन्स्टाग्राममार्फत ‘पाताल लोक २’ सिरिजको छायांकन सकिएको जानकारी गराएका छन् ।

गत महिनादेखि दार्जिलिङ क्षेत्रमा यो वेब-सिरिजको छायांकन हुँदै थियो । आइतबार सिरिजको छायांकन सकिएको प्रशान्तले जनाएका छन् ।

अमेजन प्राइमको यो सिरिजको शीर्ष भूमिकामा बलिउड अभिनेता जयदीप अलवात छन् । यो सिरिजले एक हाइप्रोफाइल घटनाको छानबिन गर्न खटिएको प्रहरी अधिकारीको कथा भन्छ । दोस्रो सिजनमा उक्त मुख्य पात्रले अन्डरवर्ल्ड समूहसँग गर्ने संघर्षलाई प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या

हुम्ला, ३ माघ । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण