प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई सम्मान

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् । 

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमका सदस्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् । नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ । 

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।युएईविरुद्धको सो खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्