खो खो टोली भारत जाने

काठमाडौँ, २ चैत । चौथो एसियाली खो खो च्याम्पियनसिपमा सहभागी हुन २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली खो खो टोली शुक्रबार भारतको आसामस्थित गुवाहटी प्रस्थान गर्ने भएको छ ।

मार्च २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला टोलीले सहभागिता जनाउने छ । पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरलसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट रहेका छन् ।

महिलामा सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी छन् । प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्