यूएईले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौँ, २ चैत । आसिफ खानको विस्फोटक ब्याटिङप्रेरित युनाइटेड अरब इमिरेट्स (यूएई)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालविरुद्ध ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आसिफले ४१ बलमा शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोड्यो । यूएईका सातौँ नम्बरमा ब्याटिङका लागि आएका आसिफले १०१ रन बनाए । उनले ४१ बलमा चार चौका र ११ छक्का प्रहार गरे ।

ब्रित्या अरविन्दले ९४ रनको योगदान गरे । अरविन्द २०औँ ओभरमा १९ रन बनाएर खेलिरहँदा क्याच आउट हुनबाट जोगिएका थिए । ललित राजवंशीले गरेको उक्त ओभरको चौथो बलमा कुशल भुर्तेलले अरविन्दको क्याच छुटाएका थिए । अरविन्द १३४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । मुहम्मद वसिमले ६३ रन बनाए । वसिमले ४९ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । अविरन्दले दोस्रो विकेटका लागि वसिमसँग ७९ रनको साझेदारी गरेका थिए । File Photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्