उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ चैत । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।

जापानी र दक्षिण कोरियाली अधिकारीहरुका अनुसार दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल जापान भ्रमणमा जाँदै गर्दा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेकाे हाे । राष्ट्रपति येओलको बिहीबारदेखि सुरु हुने जापान भ्रमण अघि उत्तर कोरियाले बिहीबार बिहान अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । उक्त क्षेप्यास्त्र जापानदेखि पश्चिमको जल क्षेत्रमा खसेको बताइएको छ ।

दक्षिण कोरियाली सैन्य प्रमुखले बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका हुन् । जापानी रक्षा मन्त्रालयले ७० मिनेटसम्म उडेको उक्त क्षेप्यास्त्र आकाशमा ६ हजार किलोमिटर माथिसम्म पुगेको बताएको छ । दक्षिण कोरियाली राष्ट्रपति युन दुई दिने जापान भ्रणका लागि जाँदै गर्दा क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले आफ्नो असन्तुष्टि ब्यक्त गरेको विश्लेषण गरिएको छ । दक्षिण कोरिया र जापानबीच १२ वर्षपछि महत्वपूर्ण बैठक हुने भएकाे छ ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रको क्षमता अमेरिकासम्म निशाना लगाउन सक्ने रहेको जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ जेठ । विधायिकी भूमिकामा रहेका सांसदले आर्थिक परिचालन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै सर्वोच्च अदालतले समेत रोक

वासिङ्टन, ५ जेठ । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ जुन उनको हड्डीसम्म फैलिएको छ ।

काठमाडौँ, ५ जेठ । नेपाल राष्ट्र बैङ्कले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange