कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

काठमाडौँ, २ चैत । केही ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न लिखित परीक्षा लिने तयारी गरेपछि स्थानीय तहले कारबाही गर्ने चेतावनी दिएको छ ।

विशेषगरी काठमाडौँ र ललितपुरमा सञ्चालित केही ठूला विद्यालयले कक्षा १ मा भर्ना लिने तयारी गरेलगत्तै स्थानीय तहले यस्तो चेतावनी दिएको हो । काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गर्ने प्रक्रिया रोक्न आग्रह गर्दै भन्नुभयो– ‘शिक्षा ऐन, नियमावली, निर्देशिकालगायत सबै कानुनमा कक्षा १ मा लिखित परीक्षा लिने व्यवस्था नभएकोले लिखित परीक्षा लिएर भर्ना लिनु कानुनविपरीत हो ।’ महानगरभित्र करिब ५ सय २० संस्थागत विद्यालय सञ्चालित छन् ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रले करिब दुई महिनाअघि लिखित प्रवेश परीक्षा नलिन सार्वजनिक सूचना जारी गरिसकेको जिकिर गर्दै उहाँले यस्तो अवस्थामा कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गरे कानुनअनुसार कारबाही गरिने बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate