कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

काठमाडौँ, २ चैत । केही ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न लिखित परीक्षा लिने तयारी गरेपछि स्थानीय तहले कारबाही गर्ने चेतावनी दिएको छ ।

विशेषगरी काठमाडौँ र ललितपुरमा सञ्चालित केही ठूला विद्यालयले कक्षा १ मा भर्ना लिने तयारी गरेलगत्तै स्थानीय तहले यस्तो चेतावनी दिएको हो । काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गर्ने प्रक्रिया रोक्न आग्रह गर्दै भन्नुभयो– ‘शिक्षा ऐन, नियमावली, निर्देशिकालगायत सबै कानुनमा कक्षा १ मा लिखित परीक्षा लिने व्यवस्था नभएकोले लिखित परीक्षा लिएर भर्ना लिनु कानुनविपरीत हो ।’ महानगरभित्र करिब ५ सय २० संस्थागत विद्यालय सञ्चालित छन् ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रले करिब दुई महिनाअघि लिखित प्रवेश परीक्षा नलिन सार्वजनिक सूचना जारी गरिसकेको जिकिर गर्दै उहाँले यस्तो अवस्थामा कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गरे कानुनअनुसार कारबाही गरिने बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वासिङ्टन डीसी, १० जेठ । हार्वर्ड विश्वविद्यालयले शुक्रबार ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।  अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देशको सबैभन्दा पुरानो

एजेन्सी, ९ जेठ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डसँगको द्वन्द्व थप बढाएको छ । ट्रम्प

काठमाडौँ, ८ जेठ । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१

काठमाडौँ, ८ जेठ । ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार भूकम्पका कारण