रेजिना उप्रेतीद्वारा प्यानल घोषणा

काठमाडौँ, १ चैत । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी अभिनेत्री रेजिना उप्रेतीले प्यानल घोषणा गर्दै एजेण्डा सार्वजनिक गरेकी छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उप्रेतीले आफ्नो प्यानलबाट कार्यसमितिमा उम्मेदवारी दिनेको नाम सार्वजनिक गरेकी हुन् ।

उप्रेतीको प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार शिवहरि नेपाल बैरागी र सरिता गिरी छन् । महासचिव उम्मेदवारमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई छन् । सदस्यको उम्मेदवारमा रञ्जना खड्का, खिन्न भण्डारी, निर्मल स्याङ्तान, लक्ष्मण चौलागाईं, ईश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवाल छन् ।

उक्त प्यानल घोषणामा निर्देशक नारायण पुरी, नरेश पौड्याल, शोभित बस्नेत, अभिनेता रमेश उप्रेती, राजेन्द्र खड्गी लगायत उपस्थित थिए । उप्रेतीको प्यानलले घोषणा गरेको एजेण्डामा कार्यालय व्यवस्थापन तथा सञ्चालन, कलाकारलाई क्यूआर कोड अंकित डिजिटल कार्ड वितरण गर्ने, संघको वेबसाइट सञ्चालन गर्ने, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्तिविकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृत्ति योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा विस्तार र कलाकारको सामाजिक सुरक्षा लगायतका एजेण्डा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आ आफ्नो पदको शपथग्रहण गरेका

काठमाडौँ, २९ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन