जापानका युट्युबर सांसद निष्कासित

एजेन्सी, १ फागुन । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मंगलबार संसद्बाटै निष्कासन गरिएको हो ।

गएको जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवं अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मंगलबार निष्कासन गरेको हो । सदनको उक्त निर्णय आजदेखि लागु भएको छ ।

गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्कासित हुने पहिलो सांसद भएका छन् । यसअघि, सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो । तर, उनले त्यसको बेवास्ता गरेका थिए । ५१ वर्षीय उनको दलबाट दुईजना सांसद निर्वाचित छन् । उनी निष्कासित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् ।

दुबईमा बसोबास गरिरहेका पूर्वव्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानिको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्न सक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचिति थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप