काठमाडौँ, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन् ।
राष्ट्रपति पौडेललाई आज शुभकामना सन्देश पठाउँदै सीले विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने इच्छा व्यक्त गरे ।
उनले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तार गर्ने क्रममा सँगसँगै अघि बढ्ने अपेक्षा गरे ।
