स्ववियु चुनावको प्रचारप्रसार : पोस्टर टाँस्न नपाइने

काठमाडौँ, ३० फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ। यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो।

सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। सोमबार अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले सोमबारदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन्। स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ। यस्तै आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ। स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन्।

उनले सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको जानकारी दिए। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना