काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने छन् ।
दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेली उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ ।





