एजेन्सी, २९ फागुन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा गैर जमानती वारेन्ट जारी गरिएको छ ।
पाकिस्तानको राजधानी इस्लामाबादको एक अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको मामिलामा तहरिक –ए – इंसाफका प्रमुख इमरान खानविरुद्ध गैर जमानती गिरफ्तारी वारेन्ट जारी गरेको हो ।
अदालतले प्रहरीलाई इमरान खानलाई २९ मार्चमा अदालतले पेस गर्न निर्देशन दिएको छ ।