युएईमाथि नेपालको सानदार जित: १७७ रनले पराजित

काठमाडौँ, २८ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा युएई नेपालसँग पराजित भएको छ ।

आइतबार कीर्तिपुरमा भएको खेलमा युएई नेपालसँग १७७ रनले पराजित भएको हो । पहिले टस जितेर ब्याटिङ गरेको नेपालले यूएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको थियो। यूएईसँगको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ ।

अब नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते विश्वकप छनोटमा पुग्नेछ । र, नेपालले त्यो संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि ३६ अंक बटुल्दै नेपालले अमेरिकालाई पनि पछि पारेको छ । सात राष्ट्र सहभागी लिग टू मा नेपालले चौथो स्थान ओगट्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्