एजेन्सी, १९ फागुन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् ।
मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् । राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो ।
मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा भनिएको छ, ‘मेस्सी ! हामी तिमीलाई पर्खिरहेका छौं, जाभकिन लागूऔषध तस्कर हो, उसले तिम्रो मतलव गर्दैन ।’





