एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना गर्नुपर्ने

काठमाडौँ, १७ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न अनुरोध गरेको छ ।

विगतका वर्षहरूमा एसईईको नतिजा प्रकाशन हुनु अगावै कक्षा ११ मा भर्ना खोल्ने गरेका थिए । केन्द्रले आगामी शैक्षिक सत्रमा भने एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो । कतिपय विद्यालयहरूले वैशाख÷जेठदेखि नै कक्षा ११ मा भर्ना खोल्दै आएका छन् । विद्यार्थीहरूलाई विभिन्न अफर अघि सारेर आफ्नो विद्यालयमा भर्ना गराउन उनीहरू सक्रिय देखिएका छन् । 

यो वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि सञ्चालन हुँदैछ । चैत २९ गते परीक्षा सकिनेछ । विभिन्न विद्यालयहरूले भने परीक्षा सकिएसँगै कक्षा ११ मा भर्ना आह्वान गर्न अघि सर्छन् । केन्द्रले त्यसलाई रोक्नको लागि एसईईको नतिजा आएपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट