त्रिदेशीय शृंखलाका लागि सन्दीप यूएई प्रस्थान 

काठमाडौँ, १७ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टिमका स्पिनर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । 

लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि सन्दीप आज दिउँसो तीन बजे त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । सन्दीपले टिममा श्याम (मौसम) ढकालको स्थान लिनेछन् । 

प्रशिक्षणका क्रममा मौसम समस्या देखिएपछि उनको स्थानमा सन्दीपले खेल्ने भएका हुन् । प्रतियोगिताका लागि सन्दीप आज तीन बजे यूएई प्रस्थान गरिसकेका छन् । टिम व्यवस्थापनले सन्दीप खेल्न योग्य रहेको बताएको थियो । उनले भोलि यूएईसँग हुने खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय